थाइल्याण्डमा राम र धर्मलाई कांस्य

म्याराथनका कांस्य विजेता रामकृष्ण महर्जन ट्रफीसाथ ।

काठमाडौं (खेलदैनिक) । थाइल्यान्डको बैंककमा भएको बैंकक म्याराथनमा नेपालका रामकृष्ण महर्जन र धर्म महर्जनले कांस्य जितेका छन् । दुवैले फुल म्याराथनमा पदक जितेका हुन् ।

नोभेम्बर १९ मा भएको ५०–५९ वर्षको उमेरसमूहमा रामले ३ घण्टा १० मिनेटमा दौड पूरा गरेको टिम व्यवस्थापक रजत श्रेष्ठले जनाएका छन् । धर्मले ४०–४९ उमेरसमूहमा ३ घण्टा ८ मिनेटमा दौड सकाए ।

दुवैले जनही ५ हजार भाट नगद पुरस्कार समेत पाएको व्यवस्थापक श्रेष्ठले जानकारी दिए । दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक वैकुण्ठ मानन्धरले नेपाली टोलीको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...