केन्याली धावकले जिते कन्चनजंघा म्याराथनमा ‘एभरेष्ट पुरस्कार’

काठमाडौं (खेलदैनिक) । भारतको सिक्किममा आयोजित कन्चनजंघा म्याराथनको ‘माउन्ट एभरेष्ट सद्भावना पुरस्कार’ केन्याली धाबक फिलिप एइगोले जितेका छन् ।

पुरस्कारको प्रायोजन सगरमाथा क्षेत्रमा प्रत्येक बर्ष मे २९ तारिखका दिन आयोजना गरिंदै आएको माउन्ट एभरेष्ट म्याराथनको आयोजक तेन्जिंग हिलारी एभरेष्ट म्याराथन प्रा ली ले गरेको हो । पुरस्कारको राशि रु ८,८४८ ले सगरमाथाको उचाई (८,८४८ मिटर) प्रतिबिम्बित गर्छ ।

‘यो पुरस्कारले विश्वकै अग्लो र तेस्रो अग्लो क्रमश सगरमाथा र कन्चनजंघा हिमाललाइ जोड्ने मात्र नभई नेपाल र सिक्किमका हिमाली दाजुभाइ तथा दिदीबहिनीबीच सद्भाव र मित्रताको नयाँ अध्याय शुरु गरेको छ, जुन सिमापार पर्यटन (क्रस बोर्डर टुरिजम) प्रबद्र्धनमा एउटा कोशेढुंगा साबित हुन जानेछ,’ विश्वकै अग्लो उचाइमा आयोजना हुने माउन्ट एभरेष्ट म्याराथनका परिकल्पनाकार बिक्रम पाँडेकाजीले बताए ।

नेपाल–सिक्किम बीच सिमापार पर्यटन (क्रस बोर्डर टुरिजम) को अबधारणा आफुले अघि बढाउंदै आएको बताउंदै पाँडेकाजीले सिक्किमको पाक्योंगमा छिट्टै खुल्न लागेको विमानस्थलबाट नेपाल–सिक्किम बीच हवाई उडान शुरु हुन गई दुई देशबीच पर्यटनले ठुलो फड्को मार्नेमा आफु ढुक्क रहेको बताए ।

 


प्रतिक्रिया दिनुहोस

Loading...