एल एक्स रनको रौनक लक्ष्मीमार्गमा

गाेपाल काफ्ले पथरी

लक्ष्मीमार्ग २१ श्रावण, मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा लक्ष्मीमार्ग सहयोग विकास संस्थाको आयोजनामा शनिवार भएको एलएक्स रन ५ कि.मि. २०७४ दौडमा कैलालीका हरी कृष्ण महरा प्रथम भएका छन् ।

तिन इभेन्टमा सञ्चालन भएको एल एक्स रनमा देश भरिका बिभिन्न ठाँउ बाट जम्मा २४९ जना रनरहरु समाबेस रहेका थिए ।

खुल्ला पुरुष तर्फ भएको प्रतियोतिमा कैलाली घर भएका पुर्वी पृतना इटहरीमा कार्यरत कृष्णहरी महराले १६ मिनेटमा दुरी पार गरी प्रथम पुरस्कार पाउन सफल भए त्यसैगरी पुर्वी पृतना इटहरी बाटै विर बहादुर बस्नेतले १६.५ मिनेटमा दुरी पार गरी दोस्रो पुरस्कार पाउन सफल भए भने पुर्वी पृतना इटहरी बाटै प्रकास भण्डारीले १७ मिनेटमा दुरी पार गरी तेस्रो पुरस्कार पाउन सफल भए ।

त्यसैगरी खुल्ला महिला तर्फ निकु लिम्बुले २४ मिनेटमा दुरि पार गरी प्रथम, खोटाङकी मेरीना राईले २६ मिनेटमा दुरी पार गरी दास्रो र भिमा लिम्बुले २७ मिनेटमा दुरी पार गरी तेस्रो पुरस्कार हात पार्न सफल भए । अन्डर १६ पुरुष तर्फ लक्ष्मण अधिकारीले १८ मिनेटमा दुरी पार गरी प्रथम, राहुल लिम्बुले २० मिनेटमा दुरी पार गरी दोस्रो र प्रतिक राईले २४ मिनेटमा दुरी पार गरी तेस्रो पुरस्कार पाउन सफल भए ।

अन्डर १६ महिला तर्फ अनुजा प्रधानले प्रथम, इस्को राईले दोस्रो र करुणा मगरले तेस्रो पुरस्कार हात पार्न सफल भए । भेट्रन (चालीस वर्ष माथी) पुरुष तर्फ निर्मल राई प्रथम, राम तामाङ दोस्रो र बिनोद श्रेष्ठले तेस्रो पुरस्कार हात पार्न सफल भए । त्यसैगरी भेट्रन (चालीस वर्ष माथी) महिला तर्पm रितादेवी राई प्रथम, भिममाया राई दोस्रो र मञ्जु बिष्टले तेस्रो पुरस्कार हात पार्न सफल भए ।

प्रतियोगितामा १३ वर्षीय बालक देखि ७१ वर्षिय बृद्ध सम्मको सहभागिता रहेको थियो । लक्ष्मीमार्ग निवासी ७१ वर्षिय वृद्ध गजेन्द्र लिम्बु निकै उत्साहित देखिन्थे ।

दौडको मुख्य आकर्षणको रुपमा गाईघाट देखि आएका रवि कार्की रहेको देखिन्थे उनले पुरै ५ किलोमिटर दौड उल्टो कुदेर २६ मिनेटमा पार गरेका थिए । उनी पुरस्कारको लागी भन्दा पहिचानको लागी सहभागी भएको बताउछन् ।

उक्त प्रतियोगितामा प्रथमलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई ५ हजार पुरस्कार रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि एलएक्स रनका मुख्य सहयोगी पोपिराज राई रहेका थिए र उक्त प्रतियोगितालाई धरान रनले प्राविधिक रुपमा सहयोग गरेको थियो।


प्रतिक्रिया दिनुहोस

Loading...