कास्कीलाई क्षेत्रिय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि

उपाधि ग्रहण गर्दै कास्कीका खेलाडीहरु ।

पोखरा (खेलदैनक) । कास्की जिल्लाले नवौं पश्चिमाञ्चल क्षेत्रिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता उपाधि जितेको छ ।

कास्कीले कुल २ सय २४ अंक ल्यार्इ उपाधि जित्न सफल भएको हो । त्यसै गरी १ सय ९४ अंक ल्याएको नवलपरासि दोश्रो भयो भने १ सय ७० अंक ल्याएको रुपन्देहि तेश्रो भएको छ ।

प्रतियोगिताबाट छनौट भएका खेलाडीहरु विहिबार देखि काठमाण्डौंमा सुरु हुने राष्ट्रिय प्रतियोगितामा सहभागि हुने भएकाे छ ।

विजेता टोलीलाई पश्चिमाञ्चल क्षेत्रिय प्रशासक वेगेन्द्र शर्मा, क्षेत्रिय खेलकुद विकास समितिका उपाध्यक्ष सुनिल गुरुङ, कास्कि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम बहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...