एक सय मिटर दौडमा आशिष र लुजःलालाई स्वर्ण

आशिष खत्री र लुजःला अमात्यले नवौं मध्यमाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुदको एथलेटिक्सतर्फ १ सय मिटर दौडमा सोमबार स्वर्ण जितेका छन् । दुवै ललितपुरका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छात्र स्पर्धामा आशिषले निर्धारित दूरी ११.३६ सेकेन्डमा पूरा गरे । सर्लाहीका मिठुन चौधरी दोश्रो र मकवानपुरका सन्तराम माझी तेश्रो भए । छात्रामा निर्धारित दूरी तय गर्न लुजःलाले १३.३८ सकेन्ड समय खर्चिन् । धादिङकी रन्जिता अधिकारी दोश्रो र धनुषाकी सीता शाह तेश्रो स्थानमा रहे ।

मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको छात्र १ हजार ५ सय मिटर दौडमा काठमाडौंका अजितकुमार यादव पहिलो भए । उनले ४ मिनेट १३.३२ सेकेन्ड समय निकाले । सिन्धुलीका सुवास थापा दोश्रो र ललितपुरका विक्रम परियार तेश्रो भए । सोही स्पर्धाको छात्रामा काठमाडौंकै हुमी बुढा मगर शीर्ष स्थानमा रहिन् । हुमीले ५ मिनेट ३७.५६ सेकेन्डमा दौड सकाइन् । चितवनका निरु महतो दोश्रो र भावना महतो तेश्रो बने ।

छात्रको ४ सय मिटर दौड ५१.६ सेकेन्डमा पूरा गरेका चितवनका भुवन महतो पहिलो भए । मकवानपुरका छिरिङ थिङ र सन्तराम राई क्रमशः दोश्रो र तेश्रो भए । उक्त स्पर्धाको छात्रामा ललितपुरकी काजल विष्ट पहिलो भइन् । काजलले दूरी १ मिनेट ०७.९६ सेकेन्डमा पार गरिन् । काठमाडौंकी सुनिता श्रेष्ठ दोश्रो र सर्लाहीकी साजिया खातुनले तेश्रो स्थानमा दौड टुंगाए ।

छात्र सटपुटमा चितवनका वीरेन्द्र चौधरी पहिलो भए । उनले १३.८३ मिटर फाले । दोलखाका विशाल तामाङ दोश्रो र धादिङका सन्तोष गुरुङ तेश्रो भए । त्यसै स्पर्धाको छात्रामा धादिङकी अनिता घले पहिलो भइन् । अनिताले ८.७८ मिटर टाढा फालिन् । सिन्धुलीकी प्रमिला माझी दोश्रो तथा नुवाकोटकी प्रतिमा राई तेश्रो भए ।

छात्र हाइजम्पमा सिन्धुपाल्चोकका महेन्द्र कार्कीले स्वर्ण जिते । उनले १.६३ मिटर उचाईं नाघे । भक्तपुरका निश्चल शाही ठकुरीले रजत तथा महोत्तरीका लोकबहादुर श्रेष्ठले कांस्य जिते । उक्त स्पर्धाको छात्रामा काठमाडौंकी मेलिना श्रेष्ठ पहिलो भइन् । मेलिनाले १.३५ मिटर उचाईं नाघिन् । दोलखाकी रोजिना कार्की दोश्रो र काभ्रेकी राधिका खड्का तेश्रो भए ।

छात्रको ४ गुणा १ सय मिटर रिलेमा चितवन पहिलो, ललितपुर दोश्रो र मकवानपुर तेश्रो भए । त्यसै स्पर्धाको छात्रामा काठमाडौं, ललितपुर र चितवनले क्रमशः शीर्ष तीन स्थान हात पारे । प्रतियोगिताको पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले एक कार्यक्रमबीच उद्घाटन गरे ।

तेक्वान्दो ःरोशनी र कृति फाइनलमा

चितवनकी रोशनी श्रेष्ठ र भक्तपुरकी कृती श्रेष्ठ नवौँ राष्ट्रिय रनिङ्ग शिल्ड अन्तर्गत मध्यमाञ्चलको क्षेत्रीय तेक्वान्दो छनौटको फाइनलमा पुगेकी छिन् । कोटेश्वरस्थीत कोटेश्वर तेक्वान्दो डोजाङ एन्ड फिटनेस क्लबमा सोमबारदेखि सुरु भएको छनोटमा महिला ४२ केजी तौलसमुहमा रोशनी र कृती फाइनलमा पुगीन् । सेमीफाइनलमा रोशनीले काठमाडौँकी अस्मीता महर्जनलाई र कृतीले मकवानपुरकी मुना थोकरलाई हराउँदै फाइनलमा स्थान बनाइन् । महिलाकै ४४ केजीतौल समुहमा नुवाकोटकी रिता तामाङ र काठमाडौँकी सरिता रुवालीले फाइनलको यात्रा तय गरिन् । सेमीफाइनलमा रिताले काभ्रेकी सरिता चापागाँई र सरिताले ललितपुरकी मारियाँ पुनको चुनौती समाप्त पारेकी थिइन् ।

त्यस्तै महिलाकै ४६ केजी तौलसमुहमा काठमाडौँकी योगमाया श्रेष्ठ र पर्साकी मुकान चौधरी फाइनलमा प्रवेश गरिन् । अन्तिम चारमा योगमायाले रामेछापकी अनिता कार्की र मुकानले मकवानपुरकी सुकुमाँया बुलुनलाई स्तब्ध पारेकी थिइन् । पुरुष ४५ केजीतौल समुहमा ललितपुरका श्रीकृष्ण कार्की,काठमाडौँका पुजन खड्का,पर्साका राजकुमार श्रेष्ठ र बाराका सुसान्त भोलुन,४८ केजीतौलमा भक्तपुरका सौरभ गुरुङ र रामेछापका बाबुलाल बन्जरा तथा ५१ केजी तौलमा काठमाडौँका सैलेस गीरी र ललितपुरका विवेश केसीले अन्तिम चारमा स्थान बनाए ।

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको मध्यमाञ्चल छनौटमा १८ जिल्लाका विभिन्न तौल समुहका १०८ खेलाडीहरुले प्रतिस्पर्धा गरेको मध्यमाञ्चल क्षेत्र छनोटका संयोजक नविन कुमार श्रेष्ठले बताए । उक्त प्रतियोगिताको उद्घाटन प्रमुख अथिती वडा नम्बर ३२ का अध्यक्ष नबराज पराजुलीले गरेका थिए ।

कबड्डी ः

सातदोबाटोमा भएको कबड्डीमा भक्तपुर, मकवानपुर, धनुषा र काभ्रे क्वाटरफाइनलमा प्रवेश गरेका छन् । छात्रामा भक्तपुर, धनुषा, ललिपतुर र सिन्धुली क्वाटरफाइनलमा पुगे ।


प्रतिक्रिया दिनुहोस

Loading...