श्रीलंकामा नेपालकी लक्ष्मीलाई पहिलो स्थान

श्रीलंका (खेलदैनिक) । नेपालकी लक्ष्मी मगरले श्रीलङकामा सम्पन्न “श्रीलङका होलिडेज रम्बल ईन द जङ्गल २०१७” मा पहिलो स्थान हात पार्न सफल भएकी छिन् ।

श्रीलङकन एयरलाईन्सद्वारा आयोजित प्रतियोगितामा चार दिने माउन्टेन बाईक स्टेज रेस उनले कुल २० घन्टा, २० मिनट १८ सेकेन्डमा पुरा गर्दै पहिलो स्थान हात पार्न सफल भएकी हुन् । २७२ कि.मी.को जंगली, उवडखावड, चिया बगान, ओरालो भिरालो, नदि, झरना आदि विभिन्न प्राकृतिक बातावरणीय कठिनाईलाई पार गर्दै उनले जित हात पार्न सफल भएको मगर स्वयंले जानकारी गराईन् ।

अस्ट्रेलियाकी तानिया थाईरोन २१ घन्टा, ८ मिनट ३ सेकेन्डका साथ दोश्रो र फ्रान्सकी क्लेयर डरमारक्वेट २१ घन्टा ३९ मिनट ११ सेकेन्डका साथ तेश्रो भए ।

प्रतियोगिता जेष्ठ ३० गते देखि असार ३ गते संचालन भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...