१३औं सागः साइक्लिङमा नेपाललाई दुई स्वर्ण पदक

काठमाडौं (खेलदैनिक) । जारी १३औं सागतर्फ आयोजक नेपालले साइक्लिङ डाउनहिलमा दुई स्वर्ण पदक जित्न सफल भएको छ ।

बुधबार भएको खेलमा नेपालका लागि पुरुषतर्फ राजेश मगर र महिलातर्फ निष्मा श्रेष्ठले साइक्लिङमा स्वर्ण जितेका हुन् । त्यस्तै सोही विधामा नेपालका निरभ श्रेष्ठले पुरुषतर्फ तथा जमुना थापाले महिलातर्फ रजतक पदक जित्न सफल भएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...