सरस्वती र लक्ष्मीपुरलाई उपाधि

काठमाडौं (खेलदैनिक) । सरस्वती र लक्ष्मीपुर स्कुलले टोखा नगरपालिका स्तरीय प्रथम मेयर कप अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता अन्तरगत रग्वी खेलको उपाधि जितेका छन् ।

भुतखेल मैदानमा बुधवार भएको पुरुषतर्फको फाईनल खेलमा सरस्वतीले ओडिसीलाई १–० को स्कोरमा हरायो । सरस्वतीको जितमा विराज राईले १ ट्राई गरेका थिए । महिलातर्फको खेलममा निधारित समयमा कुनै स्कोर हुन नसके पछि बल ट्रपका आधारमा लक्ष्मीपुरले प्यारामाउण्डलाई पराजित गदै उपाधि चुम्यो ।

तेश्रो स्थानका लागि भएको खेलमा पुरुषतर्फ लक्ष्मीपुर र महिलातर्फ सरस्वतीले बाजि मारे । प्रतियोगिताको बिजेतालाई उपप्रधान मन्त्री इश्वर पोखरेल,आयोजक टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी,उपप्रमुख ज्ञानमाया डंगोललगायतले पुरस्कृत गरेका थिए ।

टोखा नगरपालिकाले ५० स्कुल समावेश गराएर एथ्लेटिक्स,फुटसल,ब्याडमिन्टन र रग्वी खेल समावेश गरिएको थियो । असार ६ गते देखि संचालन भएको प्रतियोगिताको अनुमानित बजेट ७ लाख रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...