यु–१६ रग्बी : पुलिसलाई दोहोरो उपाधि


यु–१६ अन्तरविद्यालय टच रग्वी उपाधि विजेता प्रहरी स्कुल टोली ।

काठमाडौं (खेलदैनिक) । नेपाल प्रहरी स्कुलले यु–१६ अन्तरविद्यालय टच रग्वी प्रतियोगितामा शनिबार दोहोरो उपाधि जितेको छ । प्रहरी ब्वाइज र गल्र्स दुवैमा उपाधि चुम्न सफल भयो ।

नेपाल विद्यालय रग्वी आयोगद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा प्रहरीले ओडिसी इन्टरनेसनल एकेडेमीलाई २–० ले पराजित गर्यो ।

टुंडिखेलमा भएको गल्र्सको उपाधि भिडन्तमा प्रहरीले पारामाउन्ट एकेडेमीलाई ३–० ले हरायो । ब्वाइजमा कौसिक पौडेल तथा गल्र्समा सुस्मिता खुलाल मगर उत्कृष्ट खेलाडी घोषित भए । दुवै प्रहरीका हुन् ।

विजेतालाई नेपाल रग्वी संघका अध्यक्ष टंकलाल घिसिङ, नेपाल विद्यालय रग्वी आयोगका अध्यक्ष जेबी अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । नकआउट प्रतियोगितामा ब्वाइज÷गल्र्सतर्फ समान १४–१४ गरी २८ टिम सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...