यु–१६ रग्वी शनिबारदेखि

यु–१६ अन्तरविद्यालय रग्वी बारे जानकारी गराउदै आयोजक ।

काठमाडौं (खेलदैनिक) । नेपाल विद्यालय रग्वी आयोगको आयोजनामा यु–१६ अन्तरविद्यालय टच रग्वी प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

नकआउट प्रतियोगिताको ब्वाइज र गल्र्समा समान १४–१४ टिमको सहभागिता रहने आयोजकका अध्यक्ष जेवी अधिकारीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । पहिला दिनको खेल मनमैजुस्थित एन्जल्स हर्ट स्पोर्ट्स एकेडेमीमा हुनेछ । बाँकी खेल मंसिर २२ गते टुंडिखेलमा हुने बताइएको छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख रुपैयाँ खर्च हुने आयोगका महासचिव शिवप्रसाद कोइरालाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...