योगको सामुहिक आसन प्रर्दशन

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार बिष्टले खेलकुद र योग राष्ट्र निर्माणको आधार भएको धारणा ब्यक्त गर्नु भएको छ ।

शनिवार बाग्मती बोर्डिङ्ग स्कुल प्राङगणमा आफु पनि योग गदै सदस्य–सचिव बिष्टले भन्नु भयो–खेलकुद र योग दुवै शारीरिक र मानसिक रुपमा स्वस्थ्य राहनका लागि मानव जिवनमा अनिवार्य छ । रोग लागेर अस्पताल धाउनु भन्दा रोग लाग्न नदिन आम नागरिकले योग–खेलकुदलाई जिवनको अनिवार्य अंग बनाउन पर्ने सुझाब दिनु भयो ।

योग शिविरमा २०७२ साल बैशाख महिनामा आएको भुकम्पमा आमाबुवा गुमाएका अनाथ बालबालिकाहरुले योगको सामुहिक आसन प्रर्दशन समेत गरेका थिए । हाल पतंजलि योगपीठ नेपालले नेपालका विभिन्न जिल्लाहरुबाट आएका ४७ जना भुकम्प पिडितबालबालिकहरुलाई आवास, निःशुल्क शिक्षा प्रदान गर्दै आईरहेको छ ।

योग शिविरको समापनका अवसरमा बाग्मती बोर्डिङ स्कुलका संस्थापक अध्यक्ष सुरेन्द्र सिटौलालगायतको उपस्थिति रहेको थियो । पाँच दिने योग शिविर नेपालका केन्द्रिय प्रभारी लवदेव मिश्रले सञ्चालन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...