काठमाडौं (खेलदैनिक) । अन्ततः नेपालको सरकारले खेल मिलेमतो (म्याच फिक्सिङ) जस्तो गम्भिर अपराध गर्नेलाई कारवाही गर्न नयाँ कानुन बनाएको छ ।
शुक्रबारदेखि लागु हुने गरी शुरु गरिएको नयाँ कानुनअनुसार म्याच फिक्सिङ गर्ने दोषीलाई तीन बर्ष जेल सजायसहित ३० हजार नगद जरिवाता तोकिएको छ ।
New Law is effective from today for match fixing 👇👇👇 https://t.co/Vz5B1qUCcW
— GoalNepal.com (@Goal_Nepal) August 17, 2018
यसअघि म्याच फिक्सिङ सम्बन्धी नेपालमा कुनै कानुन थिएन । त्यसैगरी सम्बन्धित निकाय म्याच फिक्सिङमा दोषी पाइए त्यस्तालाई पनि तीन बर्षको जेल सजाय तोकिएको छ । साथै त्यस्ता व्यक्ति सार्वजनिक वा सरकारी संस्थामा आवद्ध भएको पाइए त्यस्ता दोषीलाई थप तीन बर्षको जेल सजाय हुनेछ ।