१३ औं बीएफए एशिया बेसबल कपः नेपालको ऐतिहासिक जीत

खेलदैनिक, १५ फागुन / १३ औं बीएफए एशिया बेसबल कप अन्तर्गत दोस्रो दिनको प्रतियोगितामा नेपालले ऐतिहासिक जीत हात पारेको छ । नेपालले ईराकलाई १३–३ अन्तरले पराजित गरेको हो । यो नै नेपालको पहिलो अन्तर्राष्ट्रिय जीत हो । नेपाली बेसबलमा यो ऐतिहासिक क्षण हो ।

नेपालका पिचर ईश्वर थापाको उत्कृष्ट प्रदर्शन रह्यो । खेलको पूर्ण समय उनले राम्रो मेहनत गरे १९ स्ट्राईक आउट लिन सफल भए । उनी नेपाली टीमका कप्तान समेत हुन् । जापानमा दुई वर्ष समेत खेलेका थिए । नेपाली ब्याटरले नौ हिट लिए । अनिल परियार, जीवननाथ, अचित कार्कीले दुई–दुई हिट लिए ।

सोमबार समूह ए अन्तर्गत पाकिस्तान र ईराकले खेल्दैछन् । आईतबारसम्म पाकिस्तानले एक जित, नेपालले एक जित र एक आर, ईराकले एक हार व्यहोरेको छ । पाकिस्तानलाई इराकले हराउन मुस्किल पर्ने भएकाले नेपाल समूह उपविजेताका रुपमा सेमिफाईनल पुग्ने सम्भावना बलियो छ ।


प्रतिक्रिया दिनुहोस

Loading...