नेपाल सेपाकताक्रोले विश्व कपमा प्रतिस्पर्धा गर्ने

काठमाडौं (खेलदैनिक) । नेपाल सेपाकताक्रोले भारतको हैदरावादमा आयोजना हुने “आईएसटिएएफ बिश्व कप – अन्तर रेगु सेपाकताक्रो च्याम्पियनसिप २०१७” मा प्रतिस्पर्धा गर्ने भएको छ ।

च्याम्पियनसिपमा सहभागी हुने १४ सदस्यीय महिला तथा पुरुष नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले शुक्रबार एक कार्यक्रमविच शुभकामना सहित बिदाई गरे ।

कार्तिक १६ देखि १९ गते सम्म आयोजना हुने च्याम्पियनसिपमा सहभागी हुने पुरुष टोलीमा रुपेश सुनार, रोशन तामाङ्ग, सुजन डङ्गोल, संगिन थापामगर र रविन भट्टराई रहेका छन् ।

टिम प्रशिक्षकमा गंगाबहादुर गुरुङ्ग र ब्यवस्थापकमा नेत्र प्रसाद गुरुङ्ग रहेका छन् । यस्तै महिला टोलीमा सोममाया थापा मगर, चन्द्रा चौधरी, सुमित्रा डङ्गोल, उषा महर्जनर र स्वस्तिका श्रेष्ठ रहेका छन् ।

प्रशिक्षकमा ध्रुव गुरुङ्ग र टिम ब्यवस्थापकमा जितेन्द्र थापा मगर रहेका छन् । टोली आईतबार त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...