पल्सर अवार्ड : पोखराका युकेश बने बर्ष खेलाडी

काठमाडौं (खेलदैनिक) । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा मंगलबार सम्पन्न पल्सर स्पोर्टस् अवार्डतर्फ बर्षको उत्कृष्ट खेलाडी पुरुषतर्फ प्याराग्लाईडिङका युकेश गुरुङले जितेका छन् ।

गत भदौमा इण्डोनेसियामा सम्पन्न १८औं एसियाडतर्फ नेपालले प्याराग्लाईडिङको क्रस कन्ट्री इभेन्टमा ऐतिहासिक रजत पदक जित्दा युकेश नेपाली टोलीका महत्वपूर्ण सदस्य थिए ।

यो अवार्डको मनोनयनमा युकेशसँगै गल्फका शुक्रराज राई, जुडोका इन्द्र बहादुर श्रेष्ठ र क्रिकेटका पारस खड्का र सोमपाल कामी थिए । बिजेता युकेशले अवार्डसँगै एक थान पल्सर मोटरसाइकल र विभिन्न गिफ्ट ह्याम्पर पनि प्राप्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...