१८ औं एसियाडमा नेपालले जित्यो रजत पदक

काठमाडौं (खेलदैनिक) । इण्डोनेसियामा जारी १८ औं एसियन गेम्स (एसियाड) तर्फ नेपालले प्याराग्लाईडिङ्ग अन्तरगत पुरुष टिम क्रस कन्ट्रीमा ऐतिहासिक रजत पदक जितेको छ ।

एसियाडको इतिहासमा नेपालले दोस्रोपटक रजत पदक जित्न सफल भएको हो । यसअघि सन् १९९८ को बैंकक एसियाडमा तेक्वान्दोकी संगीना बैद्यले रजत जितेकी थिईन् ।

स्वर्ण भिडन्तमा नेपाल बलियो प्रतिद्वन्द्वी जापानसँग २७ अंकले पराजित हुन पुग्यो । नेपालले कुल ११ हजार ३६४ अंक हासिल गर्यो भने स्वर्ण जितेको जापानले ११ हजार ३९१ अंक प्राप्त गरेको थियो । आयोजक इन्डोनेसियाले तेश्रो स्थानमा चित्त बुझायो । सोही स्पर्धाको महिलामा भने नेपालले छैटौं स्थानमा चित्त बुझायो ।

नेपाली प्याराग्लाईडिङ्ग टोलीमा बिमल अधिकारी, बिजय गौतम, सुशिल गुरुङ, युकेश गुरुङ र बिशाल थापा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...