मास्टर्स ट्राईयाथलन हुँदै

काठमाडौं (खेलदैनिक) । नेपाल ट्राईयाथलन संघको आयोजनमा यहि मिति २०७९ आषाढ ४ गते तेश्रो मास्टर्स ट्राईयाथलन हुने भएको छ । संघले ओलम्पिक दिवशको अवसरमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।

ठिमीस्थित बोडेमा आयोजा हुने प्रतियोगितामा १०० मि. पौडी, ३.५ कि.मि. साईक्लिङ्ग, र १ कि.मि.दौडको रिले हुने संघका महासचिव युवराज सुनुवारले जनाएका छन् । प्रतियोगितामा प्रतिष्ठित ब्यक्तित्वहरु लगायत करिव १०० खेलाडीहरुले सहभागिता जनाउने अपेक्षा संघले गरेको छ सचिव सुनुवारले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...