अनलाईन लेभल १ कोर्स सम्पन्न

काठमाडौं (खेलदैनिक) । नेपाल ट्राईयाथलन संघको आयोजना तथा वल्र्ड कोचेज एकेडेमीको सहयोगमा अनलाईन स्विमिङ्ग लेभल १ कोचिङ्ग कोर्स सम्पन्न भएको छ ।

कोर्समा ट्राईयाथलन र पौडी संग सम्वन्धित २५ प्रशिक्षकहरुले सहभागिता जनाएका थिए । प्रशिशक्षार्थीहरुलाई सिंगापुरका प्रशिक्षक युजित लिले अनलाईन मार्फत प्रशिक्षण प्रदान गरेका थिए ।

कोभिड १९ का कारण खेल गतिविधी ठप्प भईरहेको अवस्थामा प्रशिक्षकहरुलाई पौडी सम्वन्धि ज्ञान प्रदान गर्दै प्रशिक्षकको स्तर बृद्धि गर्न संघले निकैनै महत्वपूर्ण भूमिका निर्वाह गरको प्रशिक्षणमा सहभागि प्रशिक्षकहरुले बताए ।

प्रशिक्षक लिले पौडी प्रशिक्षण सम्वन्धि उच्च ज्ञान प्रदान गर्नुका साथै प्रशिक्षको भूमिका र उत्तरदायित्व, प्रशिक्षण प्रणाली र खेल सम्वन्धि बिशेष ज्ञान प्रदान गरेका थिए । प्रशिक्षकहरुले प्राप्त गरेका यस प्रकारको ज्ञानले नयाँ खेलाडी उत्पादनमा ठुलो सहयोग पुग्नुका साथै भईरहेका खेलाडीहरुको स्तर बृद्धि गर्न समेत ठुलो सहयोग पुग्ने संघको बिश्वास रहेको छ ।

प्रशिक्षणको अन्तिम दिन समापनमा यस कार्यक्रमलाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रशिक्ष युजिन लि र प्रशिक्षार्थी प्रशिक्षकहरुलाई धन्वाद प्रदान गरे । उनले यस कार्यक्रमलाई संचालन गर्न बिशेष भूमिका खेल्नु हुने संघका महासचिव युवराज सुनुवारलाई बिशेष धन्यवाद प्रदान गरे ।

प्रशिक्षार्थीहरुले प्राप्त गरेका ज्ञानले आगामी दिनमा खेलाडीहरुको स्तर बृद्धि गर्न निर्क मद्धत पुग्ने र आगामी दिनमा नयाँ खेलाडीहरु उत्पादन गर्न मद्धत पुग्ने बताए ।

वल्र्ड कोचेज एकेडेमीले चिन, हङ्गकङ्ग, मलेसिया, ईन्डोनेसिया, सिंगापुर र भारतमा सफलतापूर्वक कोर्स संचालन गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...