निर्णायक कुल अबु धावी प्रस्थान

काठमाडौं (खेलदैनिक) । अबुधावीमा आयोजना हुने विश्व ट्राईयाथलन सेरिज रेस २०२० मा निर्णायकको भूमिका निर्वाह गर्न नेपाली ट्राईयाथलन निर्णायक आशिष कुल बुधबार त्यस तर्फ प्रस्थान गरेका छन् । बिश्व स्तरको प्रतियोगितामा सहभागी हुने कुल पहिलो निर्णायक भएका छन् । उनी अबुधावी खेलकुद परिषद्को निमन्त्रणमा त्यस तर्फ प्रस्थान गरेका हुन् ।

अन्तर्राष्ट्रिय ट्राईयाथलन युनियनको आयोजनामा अबुधावीको यास आईल्याण्डमा हुने सिरिज रेस फागुन २२ देखि २४ गते सम्म संचालन हुने छ । त्यस भन्दा अगाडी निर्णायक कुलले प्रतियोगिताका दौरान आयोजना हुने निर्णायक परिक्षामा सहभागिता जनाउने छन् । निर्णायक कुलले लेभल वान कोर्ष उत्तीर्ण गरेका छन् ।

त्यसका साथै निर्णायक मुल फागुन ३० देखि चैत्र २ गते सम्म बिश्व ट्राईयाथलन युनियनको तत्वावधानमा अष्ट्रेलियामा आयोजना हुने २०२० मुलुलावा आईटियु वल्र्ड कप ट्राईयाथलनमा पनि सहभागी हुने छन् । मुल दुर्वई बाटनै अष्ट्रेलिया प्रस्थान गर्ने छन् । बिश्व ट्राईयाथलन युनियनको क्यालेन्डरमा रहेको यस प्रतियोगिता निकैनै ठुलो प्रतियोगिता रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...