१३औं सागः नेपालको तालिकामा फेरि थपियो स्वर्ण

काठमाडौं (खेलदैनिक) । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले मंगलबार पनि स्वर्ण जित्ने लयलाई कायम राखेको छ । पोखरामा भएको दुवाथोलनमा नेपालले स्वर्ण जित्न सफल भएको हो ।

मंगलबार आयोजित प्रतिस्पर्धामा नेपालका लागि हिमाल टमाटाले स्वर्णपदक जितेका हुन् । साथै सोही स्पर्धामा नेपालकै लक्ष्मण मल्ल दोस्रो हुँदै रजत पदक जितेका छन् ।

(तस्विर : अनलाईनखबरबाट सांभार)


प्रतिक्रिया दिनुहोस

Loading...