आनन्द र पुष्प अब लेभल टु प्रशिक्षक

पुष्प ब्रजचार्य (बाँया) र आनन्द लेप्चा ।

काठमाडौं (खेलदैनिक) । ट्राईथलनका प्रशिक्षक द्वय आनन्द लेप्चा र पुष्परत्न बज्राचार्य लेभल टु प्रशिक्षक प्रशिक्षण कोर्षमा उत्तीर्ण हुन सफल भएका छन् ।

गत कार्तिक महिनाको १५ देखि १९ गते सम्म मित्र राष्ट्र दक्षिण कोरियाको इन्चोन सहरमा अन्तराष्ट्रिय ट्राईयाथलन महासंघले आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कोर्षमा सहभागि भएका प्रशिक्षक द्वय लेप्चा र बज्राचार्यले उक्त परिक्षा सफलतापूर्वक सम्पन्न गरि प्रमाण पत्र प्राप्त गर्न सफल भएको नेपाल ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले जनाएका छन् ।

यस अघि प्रशिक्षक युवराज सुनुवारले मात्र उक्त लेभल टु प्रशिक्षक प्रशिक्षण कोर्ष उत्तीर्ण गरेका थिए । सुनुवार उक्त प्रशिक्षण उत्तीर्ण गर्ने दक्षिण एशियाका एक मात्र प्रशिक्षक थिए । अव नेपालमा लेभल टु उत्तीर्ण तीन प्रशिक्षक भएका छन् ।

लेप्चा र बज्राचार्यको सफलताले छोटो समयमानै नेपालमा ट्राईयाथलन खेलको विकास र विस्तारमा ठुलै फड्को मार्न सफल भएको यस खेलले आगामी दिनमा अझ बढि सफलता हासिल गर्ने संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...