जुडोमा सीडब्लुसीएनलाई ७ पदक

भुटान मैत्रीपूर्ण जुडो प्रतियोगितामा बाल वातावरण केन्द्र, नेपाल (सीडब्लुसीएन) ले ७ पदक जितेको छ । त्यसमा २ स्वर्ण, ३ रजत र २ कांस्य छन् ।

भुटानको थिम्पुमा जुन ८ तारिखमा सम्पन्न प्रतियोगिताको महिला ५७ केजीमुनि कविता नेपाली र पुरुष ७३ केजीमुनि रमेश मगरले स्वर्ण जिते । पुरुष ५० केजीमुनि सचिन वाइबा र ६६ केजीमुनि सन्जोग भट्ट तथा ४८ केजीमुनि मनीषा महर्जन पुटुवारले रजत हात पारे । त्यस्तै सुरज नेपालीले पुरुष ५५ केजीमुनि तथा दिनेश बुढा मगरले पुरुष ६० केजीमुनि कांस्य प्राप्त गरे ।

नेपाल जुडो संघका महासचिव समेत रहेका सीडब्लुसीएनका अध्यक्ष धर्मकुमार श्रेष्ठको नेतृत्वमा भुटान गएको टोलीको अफिसियलमा सीडब्लुसीएनकी सचिव रञ्जना शर्मा र राजकुमार विशंके छन् । स्वर्ण विजेता रमेशले प्रशिक्षकको भूमिका पनि निर्वाह गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...