जुडोमा सोनियाले रचिन इतिहास

काठमाडौं (खेलदैनिक) । मित्रराष्ट्र मोरक्कोमा यहि सन २०१९ अगष्ट १६ तारिखमा भएको वल्र्ड जुडो च्याम्पियनसिप जुनियर्समा नेपालको तर्फबाट सहभागि भएकी सोनिया भट्टले इतिहास रचेकी छिन् ।

प्रतियोगितामा ४८ के.जी. तौल समुहमा प्रतिस्पर्धा गरेकी सोनियाले प्रथम बाउटमा मोजाम्बिकी खेलाडीलाई हराउँदै नेपालको तर्फबाट जुडो खेलमा इतिहास रचेकी हुन् । जुडो खेलबाट अहिले सम्म विश्व प्रतियोगितामा सफलता हासिल गरेको यो नै पहिलो हो ।

पहिलो बाउट जितेकी सोनियाले दोस्रो बाउटमा भने जापानकी खेलाडीसंग पराजित भएकी थिइन । भट्टको तौल समुहमा विभिन्न देशका ३१ जना खेलाडी सहभागि भएका थिए । नेपाली खेलाडी भट्टलाई पराजित गरेकी जापानीज खेलाडीले पाचौँ स्थान हासिल गरिन ।


प्रतिक्रिया दिनुहोस

Loading...