
एसियाली खेलकुदअन्तर्गत जुडोको पुरुष १०० केजीमुनि प्रतिस्पर्धा गर्दै नेपालका रविन श्रेष्ठ (नीलो) र उज्वेकिस्तानका सेराली जुरेभ ।
काठमाडौं (खेलदैनिक) । इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुदअन्तर्गत जुडोमा नेपालको चुनौती शुक्रबार समाप्त भएको छ ।
पुरुष ९० केजीमुनि नेपालका श्रीराम मकाजु ताजकिस्तानका कोम्रोनसोक तथा १०० केजीमुनि नेपालका रविन श्रेष्ठ उज्वेकिस्तानका सेराली जुरेभसंग पराजित भए ।

एसियाली खेलकुदअन्तर्गत जुडोको महिला ७० केजीमुनि प्रतिस्पर्धा गर्दै नेपालकी पुनम श्रेष्ठ (नीलो) र दक्षिण कोरियाकी उजिन पार्क ।
महिला ७० केजीमुनि क्वाटरफाइनलमा नेपालकी पुनम श्रेष्ठ दक्षिण कोरियाकी उजिन पार्कसंग हारिन् । रिपाचेमा पनि पुनम पराजित भइन् । पुनम कजाकिस्तानकी जरिना रइफोभासंग चुकिन् ।