अष्ट्रेलियामा मोहनलाई तेश्रो डान

काठमाडौं (खेलदैनिक) । अष्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली जुडो खेलाडी मोहन बमले तेश्रो डान प्राप्त गर्न सफल भएका छन् । अष्ट्रेलियाको भिक्टोरिया बेन्डिगोमा भएको तेश्रो डान जुडो ब्ल्याक वेल्ट परीक्षामा उत्तीर्ण हुँदै मोहनले तेश्रो डान प्राप्त गरेका हुन् । मोहन २०१२ मा दोश्रो डान बनेका थिए ।

जुडोका मोहन बम ।

३ वर्षको अवधिमा हुने विभिन्न प्रतियोगिताको नतिजाका आधारमा कुल १ सय ५० अंक पुर्याएपछि उक्त परीक्षाका लागि आवेदन दिन पाउने प्रावधान छ । यसै वर्ष मोहनले आईजेएफ लेभल– २ कोचिङ कोर्स, आईजेएफ सर्टिफाइट जुडो म्यानेजर कोर्समा डिप्लोलगायतका उपलब्धि हासिल गरेका थिए ।

अष्ट्रेलिया जुडो महासंघले सञ्चालन गरेको परीक्षा ग्रेडिङ कमिसनका इन्चार्ज सातौं डान माल्कोम स्लेड तथा पाँचौं डान पाट क्विक र नेभिल सार्पले सञ्चालन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...