जुडो रेफ्री श्रेष्ठ हङकङ जाने

काठमाडौं (खेलदैनिक) । नेपाल जुडो संघका महासचिव एवं जुडोका ‘ए’ लेभल कन्टिनेन्टल रेफ्री धर्मकुमार श्रेष्ठ बुधबार हङकङ जाने भएका छन् ।

अन्तर्राष्ट्रिय रेफ्री सेमिनार तथा परीक्षामा सहभागी हुन श्रेष्ठ हङकङ जान लागेका हुन् । डिसेम्बर ७ देखि १० तारिखसम्म हुने उक्त परीक्षामा उत्तीर्ण हुन सफल भए श्रेष्ठ ‘ए’ लेभल अन्तर्राष्ट्रिय रेफ्री बन्ने छन् । नेपालमा ‘ए’ लेभल अन्तर्राष्ट्रिय रेफ्रीको संख्या एक मात्र छ । मनोज केसी मात्र ‘ए’ लेभल अन्तर्राष्ट्रिय रेफ्री हुन् ।

नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, उपाध्यक्ष सूर्यनारायण श्रेष्ठ, कोषाध्यक्ष विपिन श्रेष्ठलगायतका पदाधिकारीले श्रेष्ठलाई त्रिपुरेश्वरस्थित जुडो संघकै कार्यालयमा आयोजित एक कार्यक्रमबीच मंगलबार बिदाइ गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...