नेपाली जुडो टोली किर्गिस्तान जाने

जुडो टोली बिदाइपछि सामूहिक तस्वीर खिचाउदै ।

काठमाडौं (खेलदैनिक) । एघारौं एसियाली क्याडेट तथा अठारौं एसियाली जुडो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली किर्गिस्तानको बिस्केक प्रस्थान गर्ने भएको छ ।

आउँदो जुलाई १२ देखि १८ तारिखसम्म हुने प्रतियोगतामा ३ खेलाडीले जुनियरतर्फ प्रतिस्पर्धा गर्नेछन् । महिला ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधान तथा पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र ६० केजीमुनि किरण गदेलले प्रतिस्पर्धा गर्नेछन् । तीनै खेलाडीको एकै दिन जुलाई १५ तारिखमा परेको छ ।

टिम प्रशिक्षक जुडो मुख्य प्रशिक्षक वीरेन्द्र रन्जितसहितको खेलाडी टोली बुधबार जाने कार्यक्रम छ । उनीहरु अघि नेपाल जुडो संघका अध्यक्ष एवं जेयुए एजुकेसन तथा काता डाइरेक्टर दीपकहर्ष वज्राचार्य सोमबारै किर्गिस्तान जाने छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच आइतबार बिदाइ गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...