आईडब्लुएफन कराते भोलिदेखि

आईडब्लुएफएन कराते डो संघको आयोजनामा प्रथम आईडब्लुएफएन अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटानका ४ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष लक्ष्मण लम्सालले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

त्यसमा नेपालबाट २ सय र विदेशबाट २ सय खेलाडी सहभागी हुने बताइएको छ ।

कुमुतेतर्फ पुरुषमा १४ र महिलामा १२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । त्यस्तै पुरुष÷महिलाको एकल काता र समूहगत कातामा पनि खेल हुनेछ ।

प्रतियोगिता सञ्चालन गर्न अनुमानित १६ लाख ९३ हजार ५ सय ५० रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...