नेपाल टिम च्याम्पियन

नेपालले तेश्रो मेम्बर सेक्रेटरी कप अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । नेपाल २५ स्वर्ण, १८ रजत र २० कांस्यसहित टिम च्याम्पियन बन्यो ।नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोद्वारा आयोजित प्रतियोगितामा ३ स्वर्ण, १० रजत र १८ कांस्यसहित भारत दोश्रो भयो ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको अफिसियल करातेको पुरुषमा नेपालका फिन्जु शेर्पा र महिलामा कृति गौतम उत्कृष्ट खेलाडी घोषित भए । किक बक्सिङको पुरुषमा भारतका एएम अमन र महिलामा नेपालकी सुशीला खड्का उत्कृष्ट चुनिए ।

विजेतालाई नेपालका कराते महासंघका अध्यक्ष दावा गुरुङ, नेपाल भारोत्तोलन संघका उपाध्यक्ष राम श्रेष्ठ, कराते महासंघका सचिव ओमकृष्ण प्रसाईं, नेपाल एथलेटिक्स संघका सचिव आरके विष्ट, आयोजक डोजो प्रमुख सन्तोष श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...