कृति र चन्दनी सेमिफाइनलमा

नेपालका कृति बस्नेत र चन्दनी राई तेश्रो मेम्बर सेक्रेटरी कप अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको महिला २० केजीमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोद्वारा आयोजित प्रतियोगिताको महिला ३५ केजीमा नेपालका कला लिम्बू र रोशना खड्का सेमिफाइनलमा पुगे ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको पुरुष ४० केजीमा नेपालका कमल थापा मगर र विशाल केसी तथा २० केजीमा नेपालकै खिम्जु शेर्पा र रोशन श्रेष्ठ सेमिफाइनलमा पुग्न सफल भए ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले रेफ्री सञ्जय रन्जितलाई खेल सामाग्री हस्तान्तरण गरी उद्घाटन गरे । दुईदिने प्रतियोगितामा नेपाल र भारतका २ सय ५५ खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरिरहेको आयोजक प्रमुख सन्तोष श्रेष्ठले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...