मेम्बर सेक्रेटरी कप हुने

नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोको आयोजनामा तेश्रो मेम्बर सेक्रेटरी कप अन्तर्राष्ट्रिय कराते प्रतियोगिता जेठ २६ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा नेपालका ४००, भारतका २ सय र बंगलादेशका १० गरी ६ सय १० खेलाडीको सहभागिता रहने आयोजक डोजोका प्रमुख सन्तोष श्रेष्ठले जनाएका छन् ।

अफिसियल र किक बक्सिङतर्फ विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ । दुईदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...