राहुललाई स्वर्ण

नेपालका राहुलकुमार ठकुरीले प्रथम अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको यु–१२ ब्वाइजमा बिहीबार स्वर्ण जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा राहुलले नेपालका खगेन्द्र श्रेष्ठलाई पराजित गरे ।नेपाल सितोरियो कराते संघ, शाखा डोजो लैनचौरद्वारा आयोजित प्रतियोगिताको ६–७ वर्षको ब्वाइजमा नेपालका श्रृदेश चौधरीले नेपालका पेम्बा दोर्जे शेर्पा, ७–८ वर्षको ब्वाइजमा नेपालका सचिन मगरले नेपालका कृष्ण तामाङ, ११ वर्षको ब्वाइजमा नेपालका निशान तामाङले नेपालका रोशन केसी तथा १० वर्षको गल्र्समा नेपालकी रोशिका डंगोलले नेपालकी मिरिया लामालाई हराउदै स्वर्ण जिते ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगितामा नेपाल, भारत र पाकिस्तानका ६ सय २६ खेलाडीले विभिन्न ३४ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको रेफ्री संयोजक राजेन्द्र कपालीले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...