महांकाल च्याम्पियन

महांकाल डोजोले प्रथम ग्लेसियर इन्टरनेसनल खुला कराते प्रतियोगिताको उपाधि सोमबार जितेको छ । ग्लेसियर इन्टरनेसनल कलेजद्वारा आयोजित प्रतियोगितामा महांकालले ९ स्वर्ण, ६ रजत र ५ कांस्य जित्यो ।

दोश्रो भएको दक्षिण ढोकाले ६ स्वर्ण, ५ रजत र ४ कांस्य हात पा¥यो । मनकामनाले तेश्रो स्थानमा चित्त बुझायो । मनकामनाले ४ स्वर्ण, ५ रजत र १० कांस्य प्राप्त ग¥यो ।

प्रतियोगिताको पुरुषमा मनकामनाका रोशन बस्नेत र महिलामा युभिना महर्जन उत्कृष्ट खेलाडी चुनिए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, ग्लेसियर स्पोर्ट्स एकेडेमीका अध्यक्ष हिक्मत थपलियालगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...