प्रकृति र श्रुति फाइनलमा

नेपालकी प्रकृति तामाङ र भारतकी टी श्रुति दोश्रो अन्तर्राष्ट्रिय वादोरियो कराते प्रतियोगितामा सोमबार फाइनलमा प्रवेश गरेका छन् । नेपाल वादोरियो कराते डो संघद्वारा आयोजित प्रतियोगिताको महिला ३० केजीमा प्रकृतिले भारतकी विद्यान्सु गुप्ता तथा श्रृतिले नेपालीकी श्रृष्टि लोलाई पराजित गरे ।

बसुन्धारामा भइरहेको प्रतियोगिताको पुरुष ३० केजीमा भारतका कृष्ण राजपुट, नेपालका सविन तामाङ, नेपालका क्युसन लामा र भुटानका सहवीर विश्वा सेमिफाइनलमा पुगे । पुरुषको ३५ केजीमा भारतका जमिल पटेल, नेपालका टेकबहादुर तामाङ, नेपालका सन्जिव राई र भारतका आर मणिरान्थले सेमिफाइनल यात्रा तय गरे ।

प्रतियोगिताको पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, भुटान, पाकिस्तान र श्रीलंकाका ३ सय २५ खेलाडीले विभिन्न २५ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको आयोजक संघका अध्यक्ष हरिशरण केसीले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...