नेपाल च्याम्पियन

नेपालले दसौं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । नेपाल सोतोकान कराते संघद्वारा आयोजित प्रतियोगितामा नेपालले ३५ स्वर्ण र २४ रजत हात पा¥यो ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा भारत ९ स्वर्ण र २३ रजतसाथ दोश्रो भयो ।

प्रतियोगिताको पुरुषमा प्रवीण राई र महिलामा कृषा शेर्पा उत्कृष्ट खेलाडी चुनिए । नेपालका दुवैले समान ५ स्वर्ण र १ रजत हात पारे ।

विजेतालाई आयोजक संघका अध्यक्ष विष्णुबहादुर कार्की, महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा ७ सय खेलाडी विभिन्न ४७ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...