झापा जिल्ला स्तरिय छात्रछात्रा फुटबल तथा क्रिकेट प्रतियोगिता हुने

कृष्ण सिन्जाली झापा जिल्ला खेलकुद विकास समितिको आयोजनमा जिल्ला स्तरिय छात्रछात्रा फुटबल तथा क्रिकेट प्रतियोगिता हुने भएको छ ।जिल्ला विकास समन्वय समितिको आर्थिक सहयोगमा यहि जेठ १ देखि ९ गतेसम्म उक्त कार्यक्रम हुने जानकारी पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंंखर थापाले जानकारी दिनुभयो ।

भोलि हुने उद्घाटन खेलमा फुटबल छात्र तर्फ भृकुटी मावि दुर्गापुर र इष्ट होराईजन मावि धुलाबारी विच हुनेछ । त्यसैगरी छात्रा तर्फ ज्यामिरगढी मावि र शैनिक वाल शिक्षा स्कुल धरमपुर विच हुने छ ।

त्यस्तै  क्रिकेट छात्र तर्फ काँकभिट्टा मावि र हरिकुल मावि सुरुङ्गा विच हुने छ  भने छात्रातर्फ अरुणोदय मावि काँकरभिट्टा र राष्ट्रिय रमणिय मावि दुधे विच हुने छ । क्रिकेट छात्र तर्फ १० वटा खेल र छात्रतर्फ ५ खेल हुनेछ त्यस्तै फुटबलमा जम्मा छात्र तर्फ १५ खेल र छात्रा तर्फ १० खेल हुने जिल्ला खेलकुद विकास समितिको प्रेस विज्ञप्तीमा उल्लेख गरीएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...