सुजन र कुसुमलाई स्पोर्ट लिङ्क अवार्ड

नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो लैनचौरले २०७३ सालको प्रदर्शनका आधारमा आफ्ना दुई खेलाडीलाई स्पोर्ट लिङ्क अवार्ड– २०७३ बाट शनिबार सम्मान गरेको छ ।पुरुषमा सुजन चेपाङ र महिलामा कुसुम पौडेल सम्मानित भए । सुजनले विभिन्न घरेलु प्रतियोगितामा ८ स्वर्ण जितेका थिए । कुसुमले एक अन्तर्राष्ट्रिय स्वर्ण र ८ घरेलु गरी ९ स्वर्ण जितेकी थिइन् । दुवैलाई बृहत राष्ट्रिय खेलकुदमा लगातार तीन स्वर्ण जितेका कराते खेलाडी पर्शुराम बास्तोलाको स्वामित्वमा त्रिपुरेश्वरमा रहेको स्पोर्ट लिङ्कबाट प्रायोजित ट्रफी र टिसर्ट प्रदान गरियो ।

सोही अवसरमा पुरुषमा साइमन रिसाल र महिलामा सुस्मिता वाइबाले अनुशासित खेलाडीको अवार्ड जिते । ३ सय ६५ दिन नै नियमित प्रशिक्षणमा उपस्थित भएका जीवन लामा पनि पुरस्कृत भए । सोनु श्रेष्ठ सरसफाइतर्फ उत्कृष्ट ठहरिन् । उनीहरुले पनि ट्रफी र टिर्सट पाए ।

लैनचौर डोजोका खेलाडीलाई सिनियर स्तरमा प्रशिक्षण गराउदै आएका कराते प्रशिक्षक राजेन्द्र कपालीलाई ट्रयाकसुट प्रदान गरी सम्मान गरियो ।

उनीहरुलाई समाजसेवी उर्मिला श्रेष्ठ, नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङलगायतले डोजोमै आयोजित एक कार्यक्रमबीच सम्मान गरे । सो अवसरमा समाजसेवी श्रेष्ठले लैनचौर डोजोलाई करिब १ लाख १५ हजार मूल्य बराबरको म्याट प्रदान गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस

Loading...