कराते प्रतियोगितामा अद्वितीय च्याम्पियन

आयोजक अद्वितीय बोर्डिङ हाइ स्कुलले चौथो अन्तरविद्यालय कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । अद्वितीयले ४ स्वर्ण, ५ रजत र ६ कांस्य जित्दै टिम च्याम्पियनको उपाधि उचालेको हो ।शुभकामना ४ स्वर्ण, २ रजत र १ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको एडमार्कले ४ स्वर्ण, १ रजत र २ कांस्य हात पा¥यो ।

बालाजुको खरिबोटस्थित आयोजककै हातामा भएको प्रतियोगिताको पुरुषमा ब्राइट हेभनका प्रशान्त रसाइली तथा महिलामा आयोजककी काजल विष्ट उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्की सदस्य अस्मिता गुरुङले पुरस्कृत गर्नुका साथै प्रतियोगिताको उद्घाटन पनि गरेकी थिइन् । एकदिने प्रतियोगितामा विभिन्न १५ विद्यालयका २ सय खेलाडीले विभिन्न २१ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...