नेपाललाई ईन्डो नेपाल कराते उपाधी

नेपाल पाँचौं ईन्डो नेपाल खुला कराते च्याम्पियनसिपको टिम च्याम्पियन बनेको छ । प्रतियोगितामा नेपालका स्वस्तिका महर्जन र सोहेन्द्र पुन मगर उत्कृष्ट खेलाडी घोषित भए ।नेपाल गोजुकाई कराते डो संघको आयोजना तथा चिल्ड्रेन मोडल स्कुलको सहयोगमा भएको च्याम्पियनसिपमा विशोमाराज राईले स्वर्ण हात पारेका छन् । २० केजी तौल समूहमा उनले दिपेश थापालाई पराजित गरेका थिए । २५ केजी तौल समूहमा दिवस जंग थापाले सुशान्त खड्का फाईनलमा पराजित गर्दै स्वर्ण पाए । यस्तै ३० केजीमा नेपालका सोहेन्द्र पुन मगरले स्वर्ण प्राप्त गर्दा सुशान्त भुजेल रजतमा खुम्चिए । ३५ केजीमा भारतका निरज प्रदीप खोदामले नेपालका अभिषेक खत्रीलाई पराजित गर्दै स्वर्ण प्राप्त गरे । ४० केजीमा नेपालका बशन्त थापा मगरले स्वर्ण र युवराज मगरले रजत पाए । ४५ केजीमा भारतका सुसम सन्तोष भुर्तेल नेपालका पवन खत्रीलाई पाखा लगाउंदै स्वर्णको हकदार भउ । ५० केजीमा नेपालका टिकाराम गुरुङ्गले विवेक थापालाई पाखा लगाएर स्वर्ण हात पारे ।

५५ केजीमा प्रविन दनुवार र प्रविन राना पियालीविच भएको फाईनल खेलमा प्रविनले जित हात पारे । ६० केजीमा नेपालका मिङ्गमा छिरी शेर्पाले स्वर्ण जित्दा भारतका विनित भारत माने र ओमकार सन्तोष मानेले रजत र कास्य पाए । ६५ केजीमा नेपालका प्रशान्त गुरुङ्गले भारतका खेलाडीलाई पछाडी पार्दै स्वर्ण जिते । भारतका हर्ष रविन्द्र जगतप र गुलमोहद्धिन जमिल खानले रजत र कास्य पाए ।

पुरुषकै खुला तर्फ नेपालका जितबहादुर पुलामीले सुनिल तामाङ्गलाई पाखा लगाउंदै स्वर्ण हात पारे । तेश्रो स्थानमा भारतका अजित डि. बदातिया र भिग्नेश ए. पाटिल रहे । काता तर्फ नेपालका टिकाराम गुरुङ्गले भारतका आर्यन संतोष दाउदलाई पराजित गर्दै स्वर्ण हात पारे । तेश्रो स्थानमा नेपालका विवेक न्यौपाने र भारतका देवदयाल आनन्दमोहन रहे ।

जुनियर ब्वाईज तर्फको ४० केजीमा भारतका आदित्य सुशिल भोषलेले स्वर्ण, प्रेमराज यसवन्त पिसलले रजत तथा स्वरुप विजय कुमार कोहर र सामर्थ तनाजी पाटिलले कास्य पाए । काता तर्फ बेदाङ्ग नन्दकिशोर सावन्तले स्वर्ण, स्लोक सूर्यकान्त शेट्टिले रजत तथा सुवेन्दु एस. दासगुप्ता र आरएसके प्रत्युसले कास्य पाए ।

महिला तर्फको प्रतिस्पर्धामा २५ केजी तौलमा नेपालका स्वस्तिका महर्जनले अनुभ्राती कार्कीलाई पराजित गर्दै स्वर्ण पाईन् । ३० केजीमा भारतकी भारतकी गोभर्सी उमेश मोरेले नेपालकी विविशा लामालाई पाखा लगाउंदै स्वर्ण हात पारिन् । यस्तै ३५ केजीमा नेपालकी अपेक्षा मगरले स्वर्ण र भारतकी नेहा नरसया विटलाले रजत पाईन् । ४० केजीमा नेपाली प्रिती वाईवाले निमसाङ्ग लामालाई पराजित गर्दै स्वर्ण पाईन् । ४५ केजीमा नेपालकी संगिता तामाङ्गले बालकुमारी थानीलाई पराजित गर्दै स्वर्ण पाईन् । ५० केजीमा नेपालकी सिमा घर्तीले थोप्तेन डिकी लामा माथी हावी हुंदै स्वर्ण प्राप्त गरिन् । यस्तै महिला खुलामा नेपालका दिपिका कार्की प्रथम, विनिता बस्नते द्वितीय तथा सोमिया बुढाथोकी र  प्रतिक्षा मगर तृतीय भए । काता तर्फ नेपालकी बालकुमारी थानीले स्वर्ण प्राप्त गर्दा भारतकी प्रेरण दशरथ अभदले रजत पाईन् । भारतकी मुग्धा मंगेश गाईकवाड र नेपालकी अभिलाषा रानाले कास्य पाए ।

विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले मेडल, प्रमाण पत्र र ट्रफी वितरण गरेका थिए ।

बालुवाटारस्थित चिल्ड्रेन मोडल स्कुलको प्राङ्गणमा भएको च्याम्पियनसिपमा भारतका ३७ खेलाडी सहित १६० खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...