तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता जेष्ठ ४ बाट

आगामी जेष्ठ ४, ५ र ६ गते छरिएर रहेका प्रतिभाशाली खेलाडीहरुको उजागर गर्न एवं सितोरियो करातेको विकास, विस्तार र खेलाडीको विकास गर्नुका साथै अन्तर्राष्ट्रिय संघ भाइचाराको सम्बन्ध राख्ने उद्देश्यले “खेलकुद स्वस्थ्यकोलागि, खेलाडी राष्ट्रकोलागि ” शाखा डोजो सामाखुशीको आयोजनामा तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता २०७४ आयोजना हुने भएको छ ।

नेपाल, भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान र भुटान देशका खेलाडीहरु सहभागी हुनेछन् । नेपालबाट ३००, भारतबाट २००, बंगलादेशबाट ७ , श्रीलंकाबाट १२, पाकिस्थानबाट ५ र भुटानबाट १० खेलाडीहरुले सहभागिता जनाउने छन् । सो प्रतियोगितामा ५२७ जना खेलाडीहरु सहभागी हुने अनुमान गरिएको छ ।

अफिसियल कराते तर्फ २२ इभेन्ट र काता तर्फ ४ इभेन्ट हुनेछ । कुल २६ स्वर्णकालागि खेलाडीहरुले विभिन्न तौल समुहमा प्रतिस्पर्धा गर्ने छन् ।

विजेता खेलाडीहरुलाई पदक र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता लैनचैर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगितामा कुल खर्चपन्ध्र लाख नौं हजार पाँच सय रुपैया लाग्ने अनुमान गरिएको छ । उक्त रकम आयोजक डोजोले नै व्यहोर्ने कुराको जानकारी शाखा प्रमुख तथा प्रशिक्षक राजेन्द्र कुमार ओझाले दिनु भयो ।


प्रतिक्रिया दिनुहोस

Loading...