लैनचौर टिम च्याम्पियन

लैनचौर डोजोले पाँचौं उपत्यकाव्यापी कराते तथा किक बक्सिङ प्रतियोगिताको उपाधि शनिबार जितेको छ । टिम च्याम्पियन लैनचौरले ६ स्वर्ण, १ रजत र ९ कांस्य जित्यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा आयोजक केन्द्रीय डोजो ५ स्वर्ण, ६ रजत र ७ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको सुन्दरीजलले ४ स्वर्ण र २ रजत हात पा¥यो ।

प्रतियोगिताको करातेतर्फ पुरुषमा भक्तपुरका सुवास परियार तथा महिलामा आयोजककी सुशीला तामाङ उत्कृष्ट खेलाडी चुनिए । किक बक्सिङतर्फ पुरुषमा सिन्धुपाल्चोकका पदम बस्नेत तथा महिलामा सुन्दरीजलकी डोल्मा तामाङ उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट चारैले आ–आफ्नो विधामा स्वर्ण जितेका थिए । एकदिने प्रतियोगितामा ४ सय खेलाडीले विभिन्न ३० स्पर्धामा प्रतिस्पर्धा गरेको रेफ्री संयोजक राजेन्द्र कपलाीले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...