नेपालकी एन्जिलालाई स्वर्ण

काठमाडौं (खेलदैनिक) । नेपालकी एन्जिला डंगोलले २१ औं मिलो खुला कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी छन् । एन्जिलाले महिला ३५ केजीमुनि स्वर्ण जितेको नेपाल सोतोकान कराते संघले जनाएको छ ।

पुरुष ३० केजीमा विवेक राई तथा एकल कातामा कृष्णकुमार मानन्धरले कांस्य जिते । नेपाल सोतोकान कराते संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक श्याम शेर्पाले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगिता मलेसियाको क्वालालम्पुरमा जुन १७ देखि १९ तारिखसम्म भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...