निर्णायक महर्जन कोरिया जाने

काठमाडौं (खेलदैनिक) । करातेका निर्णायक महेश महर्जन १४ औं कोरिया खुला अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपका लागि दक्षिण कोरियाको बुसान जाने भएका छन् ।

जुन २३ देखि २७ तारिखसम्म हुने प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न बुसान जान लागेको महर्जनले जनाएका छन् । महर्जन मानसिंह शाखा डोजोका प्रमुख प्रशिक्षक हुन् ।

महर्जनलाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे । कराते प्रतियोगिताकै सिलसिलामा महर्जन यसअघि ३ पटक दक्षिण कोरिया गइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...