विजयलाई रजत

अस्ट्रेलियाको सिडनीमा भएको अस्ट्रेलियन ओपन करातेमा नेपालका विजय लामाले रजत जितेका छन् ।

पुरुष ६० केजीमा प्रतिस्पर्धा गरेका राष्ट्रिय टिमका उनले फाइनलमा अस्ट्रेलियाका खेलाडी हसनेन येहिअसंग ०–५ ले पराजित हुनेअघि अस्ट्रेलियाकै बास्किन रिचर्डलाइर्ए ८–० तथा पोपुआन्युगिनीका बाना निगेललाई ६–२ ले हराएको राष्ट्रिय टिमका प्रशिक्षक दीपक श्रेष्ठले जनाएका छन् ।

युएस ओपन करातेमा भाग लिन विजयसहितको टोली मंगलबार लसभेगास प्रस्थान गर्ने प्रशिक्षक श्रेष्ठले जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस

Loading...