सुशीलालाई स्वर्ण

केन्द्रीय डोजोकी सुशीला खड्काले तेश्रो खुला सितोरियो कराते प्रतियोगितामा सोमबार स्वर्ण जितेकी छन् ।

महिला ४५ केजी फाइनलमा सुशीलाले लैनचौरकी मन्दिरा थापालाई पराजित गरिन् । महिला एकल कातामा भने मन्दिरा स्वर्ण जित्न सफल भइन् । मन्दिराले लैनचौरकै सर्मिला श्रेष्ठलाई हराइन् ।

नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो भैसेपाटीद्वारा आयोजित प्रतियोगिताको महिला ५० केजीमा भक्तपुरकी सजिना तामाङ र २० केजीमा आयोजककी अर्चना परियारले पहिलो स्थान हात पारे ।


प्रतिक्रिया दिनुहोस

Loading...