नेपालकी सरितालाई कांस्य

काठमाडौं (खेलदैनिक) । नेपालकी सरिता श्रेष्ठले कोबे–ओसाका अष्ट्रेलिया कराते च्यायम्पियनसिपमा कांस्य जितेकी छन् । महिला एकल कातामा सरिताले कांस्य जितेको कराते प्रशिक्षक राम थारुले जनाएका छन् ।

सरिताको स्पर्धामा १३ खेलाडी सहभागी थिए । प्रशिक्षक थारुका अनुसार सरिताले ३ खेलाडीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकी थिइन् । सेमिफाइनलमा पराजित भएपछि सरिता कांस्यमै सीमित भइन् ।


प्रतिक्रिया दिनुहोस

Loading...