राष्ट्रिय फुल कन्ट्याक्ट मंगलबारदेखि

काठमाडौं

नेपाल क्योकुसिन कराते डो संघ वज्र (आईकेओबी) को आयोजनामा १९ औं पुरुष राष्ट्रिय खुला तथा १२ औं महिला राष्ट्रिय तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।

आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचनले प्रतियोगिताको पुरुष खुला तौलसमूहमा ९० खेलाडीले प्रतिस्पर्धा गर्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । महिलाको ४० केजी तौलसमूह ४० खेलाडीले भाग लिनेछन् ।

पुरुषमा शीर्ष चार स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार, ७ हजार ५ सय र ३ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । महिलामा पहिलो हुनेले ५ हजार, दोश्रोले २ हजार ५ सय, तेश्रोले १ हजार २ सय र चौथोले ५ सय नगद पुरस्कार हात पार्नेछन् । दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...