महर्जनप्रति श्रद्धाञ्जली, छोरालाई उच्च शिक्षा र श्रीमतीलाई योग्यता अनुसारको रोजगारी दिइने

काठमाडौं (खेलदैनिक) । हृदयघातका कारण गत बुधवार निधन भएका सो.क्योकुशिन कराँते संघका केन्दि«य सदस्य तथा पूर्व राष्ट्रिय खेलाडी अनिल महर्जनको सम्झनामा नेपाल सो.क्योकुशिन कराँते संघले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।

ललितपुर सातदोबाटोस्थित संघको केन्दि«य कार्यालयमा आयोजित उक्त कार्यक्रममा संघका पदाधिकारी, प्रशिक्षक, खेलाडी लगायतका व्यक्तिहरुको साथमा स्व.महर्जनकी श्रीमती गंगा महर्जन र छोरा आर्यन महर्जनको पनि उपस्थिति थियो ।

यसैबीच श्रद्धाञ्जली सभामा स्व.महर्जनको परिवारको सहयोगार्थ हालसम्म ओटु समाजबाट २५ हजार, नेपाल भारत्तोलन संघका अध्यक्ष राम बोसबाट १० हजार लगायतका विभिन्न संस्था तथा व्यक्तिहरु गरी दुई लाख पाँच हजार रुपैयाँ प्राप्त भइसकेको नेपाल सो.क्योकुशिन कराँते संघका महासचिव एवम् ब्रान्च चिफ राजकुमार श्रेष्ठले बताए ।

त्यसैगरी उनले काठमाडौँ निवासी खेलप्रमी अमृत लामाबाट एक लाख र अमेरिका निवासी मोहन विष्टबाट ५० हजार रुपैयाँ संकलन भएको भन्दै आईडल मोडलमा ८ कक्षामा अध्ययनरत स्व.महर्जनका छोरा आर्यन महर्जनलाई संघले उच्च शिक्षासम्म पढाउने र श्रीमती गंगा महर्जनलाई योग्यता अनुसारको रोजगारी सिर्जना गरिदिने निर्णय गरेको जानकारी दिए ।

अर्कोतर्फ युएनकेएफका अध्यक्ष भिमसेन कार्कीले एक लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस

Loading...