फुल कन्ट्याक्ट कराते शनिबार

काठमाडौं (खेलदैनिक) । इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आईएफकेके) को आयोजनामा तेश्रो राष्ट्रिय आईएफकेके तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता शनिबार हुने भएको छ ।

प्रतियोगितामा सातै प्रदेशका १ सय ७० खेलाडीको सहभागिता रहने आईएफकेकेका अध्यक्ष घनश्याम श्रेष्ठले जनाएका छन् ।

पुरुषमा ५ र महिलामा १ गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुने छ । पुरुषमा ३० केजीमुनि, ३५ केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनि र ६५ केजीमुनि तौलसमूहमा खेल हुने आईएफकेकेका ब्रान्च चिफ प्रेम लामाले जानकारी गराए । महिलामा खुला तौलसमूहमा भिडन्त हुने छ ।

प्रत्येक तौलसमूहमा नगद पुरस्कारको व्यवस्था रहेको ब्रान्च चिफ लामाले जनाएका छन् । एकदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा खेलाइने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...