अन्तर्राष्ट्रिय कराँते हुने

काठमाडौं (खेलदैनिक) । नेपाल सितोरियो कराते संघ ठमेल शाखा डोजोको आयोजनामा छैटौं अन्तर्राष्ट्रिय जुनियर कराते प्रतियोगिता हुने भएको छ ।

दुई दिने प्रतियोगिता फाल्गुन २८ गते देखि संचालन हुने डोजो प्रमुख सन्तोष श्रेष्ठले जानकारी गराएका छन् । काठमाण्डौंको लैनचौर स्थित टेबल टेनिस कभर्डहलमा हुने प्रतियोगिता नेपालका ४ सय खेलाडी ,भारतका १ सय ८० जना खेलाडी र बंगलादेश १० जना खेलाडीको सहभागिता रहने प्रमुख श्रेष्ठले बताए ।

प्रतियोगितामा अफिसियल करातको कुमुतेतर्फ महिला र पुरुषका २० केजी तौल समूह देखि ६५ केजी तौल समूह सम्म १०–१० इभेन्ट समाबेश गरिएको छ ।

त्यस्तै किक बक्सिङतर्फ ५० केजी देखि ६० केजीसम तीन–तीन इभेन्ट समाबेश गरिएको छ । प्रतियोगिताको दौरान वडा २६ अन्तर्गतका अन्तर्राष्ट्रिय पदक बिजेता खेलाडीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...